एकता युवा क्लब प्रथम सोनापुर गोल्डकपको सेमिफाइनलमा

दिप खबर
पुस २७, २०७८


एकता युवा क्लब प्रथम सोनापुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुनसरीको दुहबी ८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा एकता युवा क्लबले बिराट स्पोर्टस एकेडेमी बिराटनगर माथी २–१ गोल अन्तरको जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

एकता क्लबको जितमा सञ्जय धिमाल र रोमन भुजेलले एक–एक गोल गरे । धिमालले पहिलो हाफको ८ औ मिनेटमा र भुजेलले ३५ औं मिनेटमा गोल गरेका हुन् । बिराट स्पोर्टस एकेडेमीको तर्फबाट नबिन चौधरीले दोस्रो हाफको ३७ औं मिनेटमा १ गोल फर्काए । आजको खेलको म्यान अफ द म्याच एकता युवा क्लबका सञ्जय धिमाल घोषित हुदै नगद २ हजार रुपैया पाए । 
  भोली बुधबारको तेस्रो क्वाटरफाइनल खेल पुर्वाञ्चल युनाइटेड फुटबल क्लब सुन्दरहरैचा र दुहबी स्पोर्टस एकेडेमी बिच हुने आयोजकले जनाएको छ । माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा सुनसरी र मोरंगका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता बिजेताले नगद १ लाख र उपबिजेताले ५१ हजार रुपैया पुरस्कार पाउने आयोजक मेमोरी युवा क्लबका सचिव पञ्चनारायण चौधरीले जानकारी दिए । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP