नोबेल मेडिकल शिक्षण अस्पतालमा अतिरिक्त शुल्कविरुद्ध भइरहेको आन्दोलन थप चर्किएको छ । एमबिबिएस प्रथम वर्षका आन्दोलनरत विद्यार्थीहरूले मङ्गलवार अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । कलेज प्रशासनले अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरूलाई भर्नाका साथै पठनपाठनमा रोक लगाएपछि विद्यार्थीहरूको आन्दोलन थप चर्किएको हो । विद्यार्थीले नोबेल प्रशासनविरुद्ध नाराबाजी गर्दै धर्नामा बसेका छन् । उनीहरू मेडिकल शिक्षामा देखिएको माफियागिरी अन्त्य गर भन्ने मूल नाराका साथ आन्दोलनमा उत्रिएका हुन् ।
नोबेलले एमबिबिएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसिपबापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्कबापत ९८ हजार र होस्टेल शुल्क १ लाख ४४ हजार लगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दबाब दिँदै आएको विरोधमा दुई सातादेखि विद्यार्थीहरू आन्दोलनरत रहेका छन् । सरोकारवाला पक्ष बाट पनि उनीहरुलाईै खास सहयोग नपाएको विद्यार्थीको गुनासो रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP