कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेसँगै नेकपा (एमाले)को प्रदेश अधिवेशन सरेको छ । यसअघि माघ ८ मा तोकिएको अधिवेशन माघ २८ र २९ मा सारिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । यससम्बन्धी निर्देशन समेत प्रदेशमा गइसकेको अधिकारीको भनाइ छ ।
त्यस्तै अधिवेशन हुन बाँकी जिल्ला अधिवेशनहरू माघ २२ गतेसम्म सम्पन्न गर्न निर्देशन समेत दिइएको अधिकारीले बताए । एक सातायता देश भरी नै कोरोना सङ्क्रमण दर बढेको छ । माग १५ सम्म विद्यालय बन्ध गर्न र २५ जना भन्दा बढी भेला नहुन पनि सरकारले आग्रह गरेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP