त्रिशूली अस्पतालमा सुत्केरीको मृत्यु, मृतकका आफन्तले गरे अस्पतालमा तोडफोड

दिप खबर
पुस २७, २०७८

अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोटको त्रिशूली अस्पतालमा मृतकका आफन्तले तोडफोड गरेका छन् । स्वास्थ्यकर्मीमाथि मृतकका आफन्तले आक्रमण गर्न खोजेपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सुरक्षाको ग्यारेन्टी नगरेसम्म सम्पूर्ण सेवा सञ्चालन गर्न नसक्ने अस्पतालले जनाएको छ । 

विदुर नगरपालिका–७ की २७ बर्सिया एक महिलाको सोमबार राति नर्मल डेलिभरी भएको थियो । सुत्केरी भएपछि अत्यधिक रक्तस्राव भएको कारण बिरामीको मृत्यु भएको अस्पतालले दाबी गर्दै आएको छ । तर आफन्तले भने अस्पतालको लापरबाहीको कारण बिरामीको मृत्यु भएको आरोप लगाएर तोडफोडमा उत्रिएका हुन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP