मोरङमा बन्चरो प्रहार गरी हत्याको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ

दिप खबर
पुस २७, २०७८

मोरङमा बन्चरो प्रहार गरी पुरुषको हत्या गरेको आरोपमा प्रहरीले ८० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । सोमबार राति ७ बजे तिर लेटाङ नगरपालिका–२ स्थित खोटाङ खोटेहाङ गाउँपालिका–४ बस्ने ६३ वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् ।

उनको हत्या गरेको आरोपमा प्रहरीले घरधनी ८० वर्षीय डम्बरबहादुर भुजेललाई पक्राउ गरेको जनाएको छ । प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार गए राति उनीहरूले सँगै बसेर मापसे गरेका थिए । त्यसै क्रममा उनीहरूबिच झडप भएको र झडपको क्रममा भुजेलले बुढाथोकीको निधारमा बन्चरोको पछाडिको भागले हिर्काएका थिए । प्रहरी पुग्दा उनको मृत्यु भइसकेको थियो ।

शव पोस्टमार्टमको लागि धरानस्थित बि.पी अस्पताल पठाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP