जानकी प्लास्टिक उद्योगमा आगलागी हुँदा १० करोड रुपैयाँ बराबरको क्षति

दिप खबर
पुस २७, २०७८

धनुषाको लक्ष्मीनिँया गाउँपालिका–७ भगवतीपुर स्थित नवल मुरकाको जानकी प्लास्टिक उद्योगमा आगलागी हुँदा १० करोड रुपैयाँ बराबरको क्षति भएको छ । उद्योगमा विद्युत् सर्ट भई सोमबार राति आगलागी हुँदा मेसिन, मेटेरियल सामान, केमिकल, कच्चा पदार्थ, काठ, लत्ताकपडा लगायत अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनिँयाबाट खटिएको प्रहरीले दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP