पूर्व राजा ज्ञानेन्द्र शाह सहित देशभरका जनताले विभिन्न कार्यक्रम गरी पृथ्वीनारायणको ३०० औँ जन्म जयन्ती मनाइँदै

दिप खबर
पुस २७, २०७८

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायणको जन्म जयन्ती मङ्गलवार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । सबै जातजाति, भाषा भाषीको सहयोग लिएर नेपाल एकीकरणको बिस्तार गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०० औँ जन्म जयन्ती मनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोका स्थित पृथ्वीनारायण शाहको सालिकमा जम्मा भई पूर्व राजा ज्ञानेन्द्र शाह द्धारा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

वि.सं १७७९ पुस २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । वि.सं १७९९ चैत २५ गते २० वर्षको उमेरमा पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास उल्लेख गरिएको छ । पृथ्वीनारायण शाहले वि.सं १८०१ मा नुवाकोट र  त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका र सिङ्गो देशको नाम नेपाल राखिएको इतिहासमा उल्लेख गरिएको छ ।

आज पूर्व राजा ज्ञानेन्द्र शाह सिंहदरबारको मूल गेटस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न कार्यक्रम रहेको छ । पूर्व राजाका संवाद सचिव फणीराज पाठकका अनुसार पृथ्वी जयन्तीको अवसरमा मङ्गलवार मध्यान्ह साढे १२ बजे माल्यार्पण गर्ने कार्यक्रम रहेको छ

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP