विश्वमै पहिलो पटक सुँगुरको मुटु मानिसमा प्रत्यारोपण

दिप खबर
पुस २७, २०७८

विश्वमा पहिलो पटक अमेरिकाका ५७ वर्षीय डेभिड बेनेटमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । अमेरिकाका ५७ वर्षीय डेभिड बेनेटमा सुँगुरको मुटु तीन दिन अघि नै प्रत्यारोपण गरिएको र बेनेट जीवित नै रहेको कुरा अन्तर्राष्ट्रिय मिडियाले बताएका छन् । उनको अवस्थामा सुधार भइरहेको जनाइएको छ ।

सात घण्टा लामो सफल शल्यक्रियापछि बेनेटमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो । उनीसँग मुटु प्रत्यारोपण गर्नेबाहेक अन्य कुनै विकल्प नभएको कारण प्रत्यारोपण गरिएको बताइएको छ । अब उनी कति समय सम्म बाँच्न सक्छन् भन्नेबारे स्वास्थ्य अनुसन्दानबिधहरुको चासोको विषय रहेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP