आज देखी उपत्यकामा १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप

दिप खबर
पुस २७, २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्लाका सबै स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्षसम्मका सबै विद्यार्थीलाई फाइजर र मोडर्ना खोप दिइने मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले बताए ।

उनले पहिलो मात्रा लगाएको चार हप्तापछि दोस्रो मात्रा खोप लगाइने बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गरे पनि स्थानीय तहको समन्वयमा विद्यार्थीलाई खोप लगाइने उनले बताए । मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिका लागि खोप लगाउन खोप केन्द्र लिएर जान अनुरोध गरेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP