माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोपकार्ण अनिवार्य हुनुपर्ने

दिप खबर
पुस २६, २०७८


सार्वजनिक सेवाका लागि कोरोना भाइरस विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्नका लागि कोभिड– १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सिफारिस गरेको छ । सीसीएमसीसीले आइतबार सार्वजनिक गरेको १३ बुँदे सिफारिस पत्रमा लेखिएको अनुसार माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ण अनिवार्य हुनुपर्ने बताएको छ । कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक स्थलमा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोका आधारमा मात्रै प्रवेश दिन सिफारिस गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई माघ ७ गतेपछि आन्तरिक उडानमा कोरोना भाइरस विरुद्धको खोप लगाएको कार्ड बोकेका यात्रुलाई मात्रै प्रवेशको व्यवस्था मिलाउन सिफारिस गरेको छ । सीसीएमसीले नियमित खोप केन्द्रहरूमा खोपलाई अभियानकै रूपमा अगाडि बढाउन पनि स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ ।


हालसम्म नेपालमा एक करोड ५० लाख ५९ हजार ९१८ जनाले एक मात्रा खोप लगाएका छन् । दुवै मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ११ लाख ३४ हजार ६९८ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार जनाएको छ । नेपालको जनसङ्ख्याको ५० प्रतिशतले पनि खोप नलगाएको अवस्थामा पनि सीसीएमसीले भने कोरोना भाइरस विरुद्धको खोप लगाएकालाई मात्रै सार्वजनिक सेवा दिन सरकारी निकायहरूलाई सिफारिस गरेको हो । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP