जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसलाई मास्क अनिवार्य गरेको हो । जिल्लास्थित कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन गर्न गठित समितिले अनिवार्य मास्क लगाउनु पर्ने निर्णय गरेको छ । अहिले कोरोनाको उच्च गतिमा फैलन ओमिक्रोनको जोखिम बढे पनि बजार तथा भिडभाड हुने क्षेत्रमा मास्कबिना हिँडडुल गर्नेको सङ्ख्या बढेपछि मास्क नलगाई हिँड्नेलाई १०० रुपैँया जरिवाना लीन थालेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
अब पसल तथा व्यवसाय सञ्चालकले समेत सरकारद्वारा जारी स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण पुरमा पालना गर्नुपर्ने छ । मापदण्ड पालना नगर्ने व्यवसायीलाई पाँच हजार नगद जरिवाना गराइने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । स्वास्थ्य मापदण्ड पालना नगर्ने पसल तथा व्यवसायीलाई माघ १ गतेदेखि जरिवाना गरिनेछ । पछिल्लो समय विराटनगरसँग सीमा जोडिएको विहार राज्यका विभिन्न क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न सुरु भएसँगै सम्भावित जोखिम नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मोरङले उक्त नियम लागू गरेको हो ।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP