नेकपा एकीकृत समाजवादीले भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति जनाएको छ । झालनाथ खनालले विज्ञप्ति जारी गर्दे भारतले नेपाली भूमिमा लिपुलेक क्षेत्रमा अवैधानिक रूपमा बनाएको सडक फराकिलो बनाउन लागेकामा आपत्ति जनाएका हुन् । ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो भन्ने कुरा भारत सरकारलाई थाहा छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारसँगको छलफल र सहमतिविना सो क्षेत्रमा कुनै विकास निर्माणका काम हुनु अवैधानिक हुनुका साथै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको उल्लङ्घन हो ।’ एकीकृत समाजवादीले लिपुलेक क्षेत्रमा भइरहेको सडक विस्तारको कामलाई रोक्न माग गरेको छ । त्यस्तै आफ्नो भूमि संरक्षणका लागि उपयुक्त कदम चाल्न पनि नेपाल सरकारलाई आग्रह गरिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP