सरकारले गरेको बन्द बिध्यालयहरुमा लागू भयो राजनीतिक दलहरूमा भएन

दिप खबर
पुस २६, २०७८

कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमण बढेपछि सरकारले विद्यालय बन्द गर्न र भिडभाड कम गर्न निर्देशन दिएको छ । तर पनि केही राजनीतिक दलहरूले आफ्ना गतिविधिहरूलाई निरन्तरता दिइरहेका छन् । त्यस्तै सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव रोक्नका लागि गृह मन्त्रालयलाई सिफारिस गरिसकेको छ । तर केही राजनीतिक दलहरूले पूर्व निर्धारित कार्यक्रम भन्दै त्यसलाई निरन्तरता दिइरहेका छन् । तर पनि राप्रपाका केन्द्रीय सदस्य मोहन श्रेष्ठका अनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको को ३०० औँ जन्म जयन्ती मनाउनका लागि मङ्गलवार काठमाडौँको भृकुटी मण्डपमा भेला बोलाएको बताउँछन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो जिल्ला अधिवेशनलाई निरन्तरता दिएको छ । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकोमा हालसम्म ३८ जिल्लामा नयाँ कमिटी चयन भएको भए पनि बाँकी जिल्लाहरूको अधिवेशन चलिरहेको एमाले सचिवालयले जनाएको छ । पूर्व निर्धारित कार्यक्रम रहेकाले तत्काल स्थगित गर्न नमिल्ने एमालेले जनाएको छ । त्यस्तै अध्यक्ष केपी शर्मा ओली सोमबार सङ्खुवासभाको सदरमुकाम जाने र खाँदवारिमा आयोजित सभालाई सम्बोधन गर्दै अधिवेशन उद्घाटनको कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रले पनि आफ्नो आठौँ महाधिवेशनपछि शीर्ष नेताहरूमा कोरोना भाइरस पुष्टि भएसँगै भिडभाड हुने गतिविधिलाई नियन्त्रण गरेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सहयोगी सूर्य किरणले जानकारी दिएका छन् । बिहीबार माओवादी केन्द्रीय कार्यालयका २२ जनामध्ये २० जना र शीर्ष नेताहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि पार्टीले आफ्ना गतिविधिहरूलाई नियन्त्रण गरेको उनले बताएका छन् । त्यस्तै नेपाली काँग्रेसले आधिकारिक रूपमा कुनै कार्यक्रम तय नगरेता  पनि केन्द्रीय समितिका नेताहरूले आफ्ना गतिविधिलाई जारी राखेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP