स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु

दिप खबर
पुस २६, २०७८

स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु भएको छ गोली लागेका आँधिखोला गाउँपालिका–१ कालिखर्कका २७ वर्षीय मनोज विकको मृत्यु भएको हो । कालिखर्क जङ्गलमा राति कालिजको सिकार गर्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापछि फरार भएका ६ जनालाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । आँधिखोलाका भीमबहादुर सुनार, सोही ठाउँकै सुनिल विक, रेवत पौडेल र धनबहादुर विक लाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही ठाउँका गोविन्द अधिकारी र साजन कामीलाई बुटवल बसपार्कबाट पक्राउ गरिएको स्याङ्जाका डिएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाइएको अधिकारीले बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP