न्यूयोर्कको एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा नौ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनामा कुल ६३ जना घाइते भएका छन जसमा ३२ जनालाई अस्पताल लगिएको छ । जसमा १३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीय समय अनुसार राति ११स्०० ब्रोन्क्स अपार्टमेन्ट ब्लकको दोस्रो र तेस्रो तल्लामा आगलागी भएको थियो ।
आगो निभाउन करिब २०० फायर फाइटरहरूको प्रयोग गरिएको थियो । आगो लागेको ब्रोन्क्सको क्षेत्र ठूलो मुस्लिम आप्रवासी जनसङ्ख्याको घर हो र आगोबाट प्रभावित धेरैजसो गाम्बियाबाट अमेरिका आएको मानिन्छ । फिलाडेल्फियाको एउटा अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको ज्यान गएको केही दिनपछि यो घटना घटेको छ । बिबिसीका अनुसार १९ तले ब्लकमा भएको यो आगलागी न्यूयोर्कमा ३० वर्षयताकै सबैभन्दा खराब देखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP