पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६३२ जनामा कोरोना परीक्षण गर्दा ११६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २२४ जना निको भएर घर फर्किएका छन् भने २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । काठमाडौँ उपत्यका भित्र मात्रै पछिल्लो २४ घण्टामा ६१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जसअनुसार भक्तपुरमा २५, ललितपुरमा ९९ काठमाडौँमा ४९१ गरी ६१५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP