राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको मिति र केन्द्र तोक्यो

दिप खबर
पुस २३, २०७८

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । बोर्डले सूचना जारी गर्दै माघ २ र ३ गते सञ्चालन हुने कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको हो । बोर्डले एक विषयको मात्र परीक्षा दिने विद्यार्थीले जुनसुकै विषयको परीक्षा दिन पाउने भए पनि दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि आफूले परीक्षा दिने विषयको ठुलो कोड नम्बर भएको विषयको परीक्षा दिन पाउने व्यवस्था गरेको छ । 

राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गरेको परीक्षामा थोरै जिपिए आएका विषयमा विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने व्यवस्था गरेको हो । पुस २२ गतेभित्र आवेदन फारम भरिसकेका विद्यार्थी मात्र परीक्षामा सहभागी हुन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाफल रद्द भएका परीक्षार्थी भने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP