माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सर्‍यो

दिप खबर
पुस २३, २०७८

केन्द्रीय कार्यालयका कर्मचारीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सरेको छ । कोरोना सङ्क्रमणका कारण केन्द्रीय समिति बैठक सारिएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादीको आठौँ महाधिवेशन पछि चयन भएको केन्द्रीय समितिको दोस्रो बैठक २५ पुसमा बोलाइएको थियो । जसमा केन्द्रीय पदाधिकारी चयन गर्ने तयारी थियो । केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय सहित ६ जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ । अध्यक्ष पुष्पकमल दाहालले पनि भेटघाट बन्द गरेका छन् । 

अब केन्द्रीय समिति बैठक ८ माघमा बस्ने ढकालले बताए । यससँगै माओवादी पदाधिकारी चयन प्रक्रिया पनि लम्बिने भएको छ । आठौँ महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य चयन गरिएका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित १५ पदाधिकारी रहने व्यवस्था छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP