काठमाडौंको एक घरमा युवक-युवती मृत फेला

दिप खबर
पुस २३, २०७८

काठमाडौंको कपनस्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक-युवती मृत फेला परेका छन । प्रहरीको अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई मृत फेला परेका हुन । प्रहरीको अनुसार उनीहरु केही समयदेखि ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको र आफूले आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको दाबी छ ।
युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट छ भने केटाको घाँटीमा चक्कुले रेटेको चोट रहेको प्रहरीको अनुमान रहेको छ । युवती नग्न र केटा अर्धनग्न पल्टिरहेका अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । केटाको ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पताल पुर्याएपछि उनको मृत्यु भएको थियो । घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको छ । घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP