नेकपा एमालेको आज ६१ जिल्लामा मात्रै अधिवेशन हुँदै

दिप खबर
पुस २३, २०७८

नेकपा एमालेले आज ६१ जिल्लामा जिल्ला कमिटीका लागि अधिवेशन गर्ने भएको छ । जिल्ला अधिवेशनको बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअलरुपमा एकै साथ उद्घाटन गर्दै छन् । बाँकी रहेका १६ जिल्लामा भने अधिवेशनका लागि अर्को मिति तोक्ने तयारी छ । प्रदेश–२ मा सप्तरी बाहेकका जिल्लामा आज अधिवेशन नहुने एमाले नेता विष्णु रिजालले बताएका छन् । यस्तै मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, सङ्खुवासभा, रोल्पा, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने एमालेले जनाएको छ । 

एमालेको केन्द्रीय कमिटीले आज जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो । एमालेले जिल्ला र प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ । अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्ने एमालेको केन्द्रीय कमिटीले जनाएको छ । एमालेले गएको मङ्सिर मा चितवनमा १० औँ महाधिवेशन गरेको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP