सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा पुष २२ गते बेलुका यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक खाँदवारि नगरपालिका–७ का २६ वर्षीय सन्तोष राई र पछाडि सवार २० वर्षीय अभि राई रहेका प्रहरीले जनाइको छ । गम्भीर घाइते सन्तोष र अभिको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
इटहरीबाट धरान जाँदै गरेको प्रदेश १–०२–००१ ख८१९६ नम्बरको बसले को२७प २१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP