नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौँ जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । पौष २३ र २४ गते हुने अधिबेशनमा २ हजार प्रतिनिधि सहभागि हुने छन् । जिल्ला सदरमुकाम इनरुवा स्थित जेल फिल्ड (खेलमैदान) मा हुने अधिवेशनमा जिल्ला कमिटीको आगामी कार्यकालका लागि नेतृत्व निर्माण र राजनैतिक एवम् साँगठानिक अवस्थाको बिचार, विमर्श र विश्लेषण गर्ने प्रचारप्रसार उपसमितिले जनाएको छ ।
अधिवेशनले एकतिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशिताको सिद्धान्त बमोजिम दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, अल्पसङ्ख्यक जातिहरूको समेत प्रतिनिधित्व गर्नेछ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उप सचिव सहित १३५ सदस्य जिल्ला कमिटीको चयन गर्ने छ । अधिवेशन सम्पन्न गर्न २० लाख खर्च हुने अनुमान एमालेले गरेको छ । खर्चको व्यवस्थापन प्रतिनिधि, कार्यकर्ता शुभेच्छुकबाट गरिने बताइएको छ । अधिवेशनमा नौ उपसमिति गठन गरिएको छ ।
मञ्च व्यवस्थापन, प्रतिनिधिहरुलाई दिइने सामग्री, राजनीतिक तथा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनको तयारी पूरा भएको छ ।
अधिवेशनलाई पौष २३ गते अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्ने छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP