भारतमा कोभिडको तेस्रो लहर तीव्र गतिमा फैलिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । देउवा यही पुस २५ गते भारत जाने तयारी थिए । देउवा सहभागी हुने भनिएको भारतको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएसँगै अब तत्काललाई दिल्ली यात्रा रोकिएको हो । गुजरातमा कोभिड–१९ को सङ्क्रमण बढेको भन्दै यो सम्मेलन स्थगित गरिएसँगै प्रधानमन्त्री भारत भ्रमणमा नजाने उनका स्वकीय सचिव भानु देउवाले बताए । गुजरात सम्मेलन जनवरी १० देखि १२ सम्म चल्ने तालिका थियो । भाइब्रेन्ट गुजरात समिटको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने योजना थियो ।
ओमीक्रोन र कोरोनाको अर्को लहर आउन थालेपछि भाइब्रेन्ट गुजरात समिट स्थगित भएको खबर आएको कारण भारत भ्रमण स्थगित गरिएको देउवाले बताएका छन् । गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले पछिल्लो एक सातामा गुजरातमा कोरोना सङ्क्रमणको अवस्थाबाट अध्ययन गर्दै उक्त सम्मेलन स्थगित गर्ने निर्णय गरेका हुन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP