मन्त्री पौडेलले (केमसी) कलेजका प्रिन्सिपललाई अतिरिक्त शुल्क नलिएको प्रमाणित गर्न: चुनौती दिए !

दिप खबर
पुस २२, २०७८

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले काठमाडौँ मेडिकल कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलाई विद्यार्थीहरूबाट अतिरिक्त शुल्क नलिएको प्रमाणित गर्न चुनौती दिएका छन् । अनुगमन गर्न भक्तपुरको नुवाकोटमा रहेको शिक्षण अस्पतालमा पुगेका मन्त्री पौडेलले प्रिन्सिपल श्रेष्ठलाई चुनौती दिएका हुन् । अतिरिक्त शुल्क नलिएको प्रमाणित गर्न नसके कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत मन्त्री पौडेलले दिएका छन् ।

काठमाडौँ मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधवार देखी तालाबन्दी एवम् प्रदर्शन गर्दै आइरहेका छन् । बुधवार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढी शुल्क असुल गर्ने कलेजलाई कानुनी कारबाही गरी सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको थियो । अनुगमनका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले बढी शुल्क लिन नपाइने बताएका थिए । मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुर प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले शुक्रवार बिहान साढे १० बजे विद्यार्थीसहित कलेज प्रशासनलाई वार्ताका लागि आउन आग्रह गरेकी छिन् ।

कलेजले विद्यार्थीहरूबाट चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएको उजुरी आएपछि त्यसको अनुगमन गर्न मन्त्री पौडेल र भक्तपुर प्रमुख जिल्ला अधिकारी शर्मासहितको टोली कलेजमा गएको हो । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP