अफगानिस्तानमा जनसङ्ख्याको लगभग ५५ प्रतिशतले भोकमरीको सामना गर्दे

दिप खबर
पुस २२, २०७८

संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा खाद्यान्न सङ्कट चरम अवस्थामा रहेको चेतावनी दिएको छ । २३ मिलियन जनसङ्ख्याको लगभग ५५ प्रतिशत जनसङ्ख्या  चरम स्तरको भोकमरीको सामना गरिरहेका छन् । अफगानिस्तानको जाडोको कडा चिसोमा साना केटाकेटीहरू अस्थायी शिविरहरूमा कम्बलको मुनि ओगटेका छन् ।  जबकि अस्पतालहरूमा बिरामी बच्चाहरू आफ्ना आमाहरूको सबै खाममा बुर्कामा बेरिएका छन् । यसैबिच खाद्य वितरण केन्द्रहरूमा लामो लाइनको भिड रहेको छ ।

देशका जनता निराशाको चरम खाडलमा डुब्दै गरेको राष्ट्रसङ्घले जनाएको छ । अगस्ट १५ मा तालिबानले काबुलमाथि कब्जा गरेपछि त्यहाँको अवस्था थप विकराल रहेको छ । अर्थतन्त्र, स्वास्थ्य क्षेत्र डामाडोल भएको छ । अस्पतालमा बिरामीको चाप बढ्दो रहेको छ । अफगानिस्तान जनताका लागि  रोटी एक मात्र प्रमुख खाना हो । महिला र बालबालिका रोटी लिन बिहानै बेकरी बाहिर लाइनमा बस्छन् । विश्व स्वास्थ्य सङ्गठनले लाखौँ बालबालिका कुपोषणबाट ग्रस्त भएको बताएको छ । राष्ट्रसङ्घले अफगानिस्तानको ९७ प्रतिशतले जनता गरिबीको रेखामुनि हुने अध्ययन गरेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP