पोर्चुगल पठाइदिने भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ

दिप खबर
पुस २२, २०७८

काठमाण्डौको कोटेश्वरमा रोजगारीको लागि युरोपेली देश पोर्चुगल पठाइदिन्छु भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डौको कोटेश्वरमा रहेको युनिवल्र्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालीका सञ्चालक काठमाडौँ मैतीदेवी बस्ने बागलुङ गलकोटका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक सर्लाही घर भई ललितपुरको हरिसिद्धी बस्ने २४ वर्षीय समीर कार्की रहेको प्रहरीले जनाएको छ ।  

वर्किङ भिसामा पोर्चुगल जान प्रति व्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटेल तथा कम्पनीमा काममा लगाइदिन्छु भन्दै चार जनाबाट जनही १० लाखका दरले रकम मागी ठगी गरेको प्रहरीको भनाइ छ । उनीहरूले पीडितलाई मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाइ हुने प्रलोभन देखाएको प्रहरीको भनाई रहेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय युरोपेली देशमा पनि वैदेशिक रोजगारीमा पठाउने नाउँमा ठुलो रकम ठग्नेको सङ्ख्या बढ्दो रहेकाले वैदेशिक रोजगारीमा जानेहरूले विस्तृत जानकारी लिएर मात्रै जान प्रहरीले अनुरोध गरेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP