झापामा पुस २३ र २४ गते हुने एमालेको जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा

दिप खबर
पुस २२, २०७८

नेकपा एमाले झापाको पुस २३ र २४ गते हुने १० औँ झापा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । बिर्तामोडस्थित राम चोक उत्तरमा रहेको हिमाल सागर रिसोर्टमा हुने एमाले झापाको अधिवेशनको आवश्यक तयारी पुरा भएको कार्यालय सचिव शिव ढुङ्गेलले जानकारी दिए ।


नेकपा एमाले झापाका सचिवालय सदस्य समेत रहेका ढुङ्गेलले १० औँ जिल्ला अधिवेशनमा खुलासभा नहुने जानकारी दिए । उनका अनुसार यस पटकको अधिवेशनमा प्रतिनिधिहरू मात्रै सहभागी हुने छन् । अधिवेशनका लागि प्रतिनिधि छनौटको काम सम्पन्न भइसकेको छ । उनले दिएको जानकारी अनुसार अधिवेशनमा ९१५ जना प्रतिनिधि सहभागी हुने छन् ।
मञ्च व्यवस्थापन, प्रतिनिधिहरूलाई दिइने सामग्री, राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनको तयारी समेत पुरा भइसकेको उनको भनाई छ ।


१९ गते सम्पन्न जिल्ला कमिटीको बैठकले अधिवेशनको अध्यक्ष मण्डलमा पार्टीका स्थायी कमिटी सदस्य एवम् झापा इन्चार्ज अग्नि खरेललाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ । अध्यक्ष मण्डलको सदस्यहरूमा सबै केन्द्रीय सदस्यहरू, जिल्ला अध्यक्ष, सचिव र प्रदेश सदस्य खगेन्द्र नेपाल रहेका छन् । बैठकले बहस नोट कमिटी, माइन्यूट लेखनका लागि समेत जिम्मेवारी तोकेको छ । कार्यालय सचिव ढुङ्गेलका अनुसार अधिवेशन बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने छ । दुवै दिनका लागि सोही समय तोकिएको जानकारी दिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP