पाँचथरमा तिन घरमा आगलागी, दुई करोड बराबरको क्षति

दिप खबर
पुस २२, २०७८

पाँचथरको फालेलुङ गाउँपालिका ६ बरभन्ज्याङमा गए राती आगलागी भएको थियो । आगलागीको कारण करिब दुई करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बजारका तीन घरसहित आधा दर्जन बढी पसल जलेर खरानी भएका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार जितबहादुर म्योङबा, रामजित राई र मनबहादुर राईको घर जलेर खरानी भएका हुन् । उक्त घरमा सञ्चालित पसलहरू समेत खरानी हुँदा ठुलो क्षति भएको बताइको छ ।

जितबहादुरको घरबाट रातको करिब १० बजेबाट आगलागी सुरु भएको थियो । जितबहादुरको घरमा सञ्चालित दुग्ध डेरी, किराना पसल र नेपाली काँग्रेस फालेलुङ ६ को कार्यालयमा समेत आगलागी भएको बताइएको छ । आगलागीबाट करिब दुई करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । विद्युत् सर्ट भई आगलागी सुरु भएको प्रहरीको अनुमान छ ।

जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा रातको एक बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । फिदिमबाट दुई ओटा दमकल समेत आगो नियन्त्रणका लागि बरभन्ज्याङ पुर्‍याइएको प्रहरीले जनाएको छ ।   

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP