फेसबुक एकाउन्ट ह्याक गरी, रकम माग्ने एक युवक पक्राउ

दिप खबर
पुस २१, २०७८

विभिन्न व्यक्तिहरूको फेसबुक अकाउन्ट ह्याक गरी रकम मागी अनलाइन ठगी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीले भक्तपुरको गठ्ठाघर बस्ने मोरङको पथरी शनिश्चरे नगरपालिका–१०, मङ्गलवारका १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो । विभिन्न व्यक्तिहरूका फेसबुक आइडी ह्याक गरी आइडीमा भएका व्यक्तिहरूलाई विभिन्न खातामा पैसा पठाउन लगाई अनलाइन ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी विरुद्ध ठगीसम्बन्धी आरोपमा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP