एक सचिव पदका लागी तीन जना सहसचिवको नाम सिफारिस

दिप खबर
पुस २१, २०७८

रिक्त एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको छ । बढुवा सिफारिस समितिको मङ्गलवार बसेको बैठकले वरिष्ठ तीन सहसचिवको नाम सिफारिस गरेको स्रोतले जनाएको हो । सहसचिवहरू मुकुन्दप्रसाद निरौला, कृष्णबहादुर राउत र रामेश्वर दंगालको नाम सचिवमा बढुवाका लागि सिफारिस भएको हो ।

जसमा एक नम्बरमा कृष्णबहादुर राउत हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवक्ता छन् । दोस्रो नम्बरमा रहेका रामेश्वर दंगाल अर्थ मन्त्रालयमा र तेस्रो नम्बरमा रहेका मुकुन्दप्रसाद निरौला गृह मन्त्रालयमा छन् । अबको मन्त्रिपरिषद् बैठकले सम्भवतः कृष्णबहादुर राउतलाई सचिवमा बढुवा गर्नेछ । सचिव बेगेन्द्र राज शर्मा सेवा अवधिका कारण गत साता अनिवार्य अवकाश पाएपछि एक सचिव पद रिक्त हुन आएको हो । उक्त दरबन्दी परिपूर्तिका लागी तीन जना सहसचिवको नाम सिफारिस हुन लागेको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP