मेडिकल कलेजको बदमासी : बिद्यार्थिहरु आन्दोलनमा

दिप खबर
पुस २१, २०७८

तोकिएकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले तोकेभन्दा बढी शुल्क लिएको भन्दै शुल्क वृद्धि तत्काल फिर्ता लिन मागसमेत गरेका छन् । हाम्रो भविष्य सुनिश्चित गर, लुटतन्त्र बन्द गर, मेडिकल माफिया मुर्दावाद लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । 

बुधवार माइतीघर मण्डलाबाट निकालिएको र्‍याली बानेश्वर चोक पुगेर कोणसभामा परिणत भएको थियो । विद्यार्थीहरूले कलेजले भविष्यमा आयोगले तोकेको बाहेक अन्य शुल्क लिन पाइनेछैन भनेर लिखित प्रतिबद्धता दिनुपर्ने, करारनामाको नाममा विद्यार्थीलाई अनावश्यक दबाब दिन नपाइने लगायतका माग राखेका छन्।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP