तनहुँको व्यास नगरपालिका–११ तनहुँ सुरस्थित सूर्योदय प्राथमिक विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीलाई लायन्स क्लब अफ तनहुँ दमौलीले न्यानो कपडा सहयोग गरेको छ । विद्यालयमै पुगी क्लबले मङ्गलवार विपन्न चेपाङ बालबालिकालाई न्यानो कपडा सहयोग गरेको हो । चेपाङ बालबालिकाको अवस्था ज्यादै दयनीय रहेको र आगामी दिनमा समेत सहयोग गर्ने क्लबका अध्यक्ष राजु रानाले जानकारी दिए । लायन्स क्लब अफ तनहुँ दमौलीले विपन्न वर्गलाई निःशुल्क कपडा सहयोग गर्दै आएको छ । त्यसका लागि क्लबले दमौली बजारमा कपडा बैङ्क नै खोलेको छ । कपडा बैङ्कबाट आवश्यक हुनेले कपडा लैजान सक्ने उनले बताए ।
कपडा बैङ्कको दिगोपनाका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित क्लबले अङ्ग्रेजी नयाँ वर्षमा साङ्गीतिक कार्यक्रम आयोजना गरेको लायन्स क्लब अफ तनहुँ दमौलीले जनाएको छ । यस्तो कार्य गरेर निम्न आयस्रोत भएका चेपाङ बिद्यार्थिहरुलाई कपडा दिन पाउँदा राम्रो लागेको क्लबका अध्यक्ष बताउँछन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP