उत्तर कोरियाले समुद्रमा एक अज्ञात मिसाइल प्रहार गरेको दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले जनाएको छ । जापानको कोष्ठ गार्डले सबैभन्दा पहिले यसबारे जानकारी दिएको थियो । सो बालिस्टिक मिसाइल हुनसक्ने उनीहरूको भनाइ थियो । यसबारे पुष्टि हुन भने बाँकी रहेको छ । संयुक्त राष्ट्रले उत्तर कोरियामाथि कुनै पनि बालिस्टिक या परमाणु हतियार परीक्षणमा प्रतिबन्ध लगाएको छ । यदि यो पुष्टि भयो भने उत्तर कोरियाको वर्षको पहिलो क्षेप्यास्त्र प्रहार हुनेछ ।
केही दिनअघि मात्र किम जोङ उनले कोरियाली प्रायद्वीपमा बढ्दो अस्थिर सैन्य वातावरणको कारण उत्तर कोरियाले आफ्नो रक्षा क्षमता मजबुत बनाउन जारी राख्ने गत वर्षको आफ्नो पार्टीको अन्तिम बैठकमा उनले बताएका थिए । सन् २०२१ देखि नै उत्तर कोरियाले आफ्नो हतियार कार्यक्रम विस्तार जारी राखेको छ । उत्तर कोरियाको मिडियाले यसमा हाइपरसोनिक मिसाइल, ट्रेनमा आधारित बालिस्टिक मिसाइल र एउटा नयाँ लामो दुरीको क्रुज मिसाइल परीक्षण सामेल रहेको अन्तर्राष्ट्रिय सञ्चारले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP