शिक्षक विद्यार्थी गरेर १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि दाङको तुलसीपुरको एक विद्यालय एक साताको लागि बन्द गरिएको छ । तुलसीपुर उपमहानगरपालिका ८ को आश्वारा माविका १९ जना शिक्षक विद्यार्थीमा सङ्क्रमण देखिएको हो । यसले तुलसीपुर क्षेत्रमा कोरोना सङ्क्रमण पुनः तीव्र बन्दै गएको देखाएको तुलसीपुर उपमहानगरपालिका को स्वास्थ्य शाखाका फोकल पर्सन विमल केसीले बताएका छन् ।
पीसीआर परीक्षण गर्दा मङ्गलवार आश्वारा माध्यमिक विद्यालयका थप ११ जनामा सङ्क्रमण पुष्टि भएको विद्यालय प्रशासनले जनाएको छ । पछिल्ला तीन दिनमा तुलसीपुर क्षेत्रमा कोरोनाका २५ सङ्क्रमित फेला परेका र नगर क्षेत्रमा सङ्क्रमण पुनः बढ्ने जोखिम बढेको केसीले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP