सिरहाका काँग्रेस सभापतिलाई धम्की दिएको आरोपमा एसपी निलम्बित

दिप खबर
पुस २१, २०७८

प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको छ । सिरहाका काँग्रेस सभापति रामचन्द्र यादवलाई धम्की दिएपछि छानबिनमा परेका एसपी पाण्डेलाई मङ्गलवार बेलुका निलम्बन गरिएको हो । काँग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी हिराबहादुर पाण्डेले आफूलाई गोली हान्ने धम्की दिएको दाबी गरेका थिए ।

यादवले विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरी आइतबार राति १-२५ बजे तत्कालीन एसपी पाण्डे घरमै आएर अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएका हुन । ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी पेस गरेका हुन । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरण विपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको बताए ।

एसपी पाण्डेमाथि अनुसन्धान जारी छ उनले भने, अनुसन्धानलाई सहयोग पुर्‍याउन उनलाई तीन महिनाका लागि निलम्बन गरिएको हो । पाण्डेलाई प्रहरी मुख्यालय तानेर अर्का एसपी अर्जुन तिम्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ । त्यस पस्चात प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP