शीत लहरका कारण एक जनाको मृत्यु

दिप खबर
पुस २१, २०७८

शीत लहरका कारण सप्तरीमा एक जनाको ज्यान गएको छ । महादेव गाउँपालिका–४ बस्ने देवनारायण ठाकुरको शीत लहरका कारण सोमबार बिहान ज्यान गएको हो । राति खाना खाएर सुतेका ६५ वर्षीय ठाकुरको चिसोका कारण मृत्यु भएको गाउँपालिका उपाध्यक्ष ममताकुमारी यादवले बताएकी छन् ।

बिहान अबेरसम्म ओछ्यानबाट नउठेपछि परिवारजनले सोधखोज गर्दा उनी कठ्याङ्ग्रिएको अवस्थामा मृत फेला परेका थिए । जिल्लामा एक सातायता बढ्दो शीत लहरले विपन्न वर्गको मानिसहरूको जनजीवन कष्टकर हुने गरेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP