त्रिभुवन विश्वविद्यालयमा केही समय देखी स्वतः स्थायी भएका शिक्षकहरूको विरोध गर्दै आएका विद्यार्थी सङ्गठनहरूको तालाबन्दी र आन्दोलन पस्चात त्रिवि र विद्यार्थी सङ्गठन बिच सहमति भएको हो । चली रहेको त्रिभुवन विश्वविद्यालयमा शिक्षक र कर्मचारीका रिक्त दरबन्दीमा तत्काल विज्ञापन खोल्न सहमति पनि भएको छ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुसँगको वार्तामा त्रिभुवन विश्वविद्यालयले गठन गरेको वार्ता समिति विश्वविद्यालयको रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने सहमति भएको हो । यससँगै मङ्सिर १६ गते देखि अनेरास्ववियुले विश्वविद्यालयका पदाधिकारीको कार्यालयमा लगाएको ताला खोल्ने सहमति पनि भएको अनेरास्ववियुका उपाध्यक्ष आरसी लामिछानेले जानकारी दिएका छन् ।
वार्तामा हरेक ६/६महिनामा शिक्षक र कर्मचारीको खुल्ला विज्ञापन गर्ने सहमति पनि भएको छ । मङ्गलवार त्रिविसँग ताला खोल्ने सहित ५ बुँदे सहमति भएको छ । त्रिवि आउँदो फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न सकारात्मक भएको हो । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गत साउन १८ गते स्थगित गरेको उपप्राध्यापक पदको विज्ञापनको कार्यपालिका यथाशीघ्र प्रकाशन गर्ने पनि सहमति भएको पनि उनले दाबी गरेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP