काठमाडौँमा ठुलो मात्रामा लागुऔषध एम्पुलसहित ८ जनालाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । डाइजापाम, फेनारगन, मर्फिन लगायतका औषधीजन्य लागुऔषध करिब ५ हजार एम्पुलसहित ८ जनालाई पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ। यसबारे ब्युरोले २ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।
पक्राउ परेकामध्ये केही व्यक्ति पहिला पनि लागुऔषध मुद्दामा जेल परेर छुटेकाहरू रहेको ब्युरो स्रोतले जानकारी दिएको छ । पछिल्लो समय एम्पुलजन्य लागुऔषधको कारोबार सेवनमा वृद्धि भएको ब्युरोको तथ्याङ्क छ । डाक्टरको अनुमतिविना बेच्न नमिल्ने यस्ता एम्पुल दक्षिण सीमावर्ती क्षेत्रबाट किनबेच गरेर लागुऔषधको रूपमा प्रयोग हुँदै आएको पाइएको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP