प्रधानमन्त्री शेरबहादुर देउवा मङ्गलवार धरान पुगेका छन् । मङ्गलवार १० बजे प्रधानमन्त्री देउवा हेलिकोप्टर मार्फत धरान गएको प्रधानमन्त्री देउवाको सचिवालयका उपसचिव जनकराज भट्टले बताएका छन् । धरान पुगेका देउवा मङ्गलवार ‘धरान डे’ लगायत विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । धरान उपमहानगर स्थापनाको अवसरमा मङ्गलवार उपमहानगरले सार्वजनिक बिदासमेत दिएको छ ।
यसै गरी प्रधानमन्त्री देउवाले धरानमा रहेको नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साथै देउवाले धरान ६ पानवारिमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने र धरान ८ स्थित तीनकुने सुन्दरी बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP