काठमाडौँमा बसको ठक्कर बाट स्कुटर चालकको मृत्यु

दिप खबर
पुस २०, २०७८

काठमाडौँको पिंगलास्थानमा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँकै शान्तिनगर बस्ने दोलखाकी २५ बर्सिया कृतिका कार्कीको मृत्यु भएको हो । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ५ बजे कार्कीको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

गौशालाबाट एयरपोर्टतर्फ तीव्र गतिमा जाँदै गरेको बा५ख १५३८ नम्बरको यात्रीवाहक बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नम्बरको स्कुटरलाई हिजो साँझ करिब सवा ६ बजे ठक्कर दिएको थियो । दुर्घटनापश्चात् फरार रहेका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP