मोदीलाई कालो झण्डा देखाउने महिला माथि गोली प्रहार

दिप खबर
पुस २०, २०७८

युपीको सुल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने महिलालाई गोली हानिएको छ । कालो झन्डा देखाउने रिता यादवलाई अज्ञात व्यक्तिले गोली हानेका भारतीय मिडियाले बताएको छ ।  खुट्टामा गोली लागेर घाइते भएकी महिलालाई पहिला सीएचसी लंभुआ अस्पतालमा भर्ना गरिएको थियो । पछि थप उपचारको लागि सुलतान जिल्ला अस्पताल रिफर गरियो । हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सर्कल अफिसर सतीश चन्द शुक्लाले पीडितको बयान लिएका छन् । घाइते यादवले मिडियामा दिएको बयानमा आफू ब्यानर बनाउन सुलतान गएको र त्यहाँबाट घर फर्कने क्रममा हाइवेमा तीन जनाले आफू चढेको बोलेरो ओभरटेक गरेको बताइन् ।”उनीहरुले गाली गर्दै ज्यान मार्ने धम्की दिएका थिए”, उनले भनिन, “मेरो ड्राइभरको कन्चटमा बन्दुक राखे । मैले उनीहरूलाई एक झापड हानेँ त्यसपछि उनीहरूले हानेको गोली मेरो खुट्टामा लाग्यो ।”

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP