धनकुटामा बहुला कुकुरको टोकाइबाट सोमबार १२ जना घाइते भएका छन् । घाइते भएका मध्ये १० जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । जसमा एक नाबालक र एक वृद्धा को अवस्था भने गम्भीर रहेको अस्पतालका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिएका छन् । उनीहरूलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
धनकुटा नगरपालिका ५, ६ र ७ वडा सबैभन्दा बढी प्रभावित रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । चुलीवन, हुलाकटोल, बालमन्दिर, कर्मीटार लगायत क्षेत्रका स्थानीयलाई बहुला कुकुरले टोकेको छ । कुकुर मार्न धनकुटा नगरपालिकाले नगर प्रहरी परिचालन गरेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिएका छन् । कुकुर लाई छिटै नियन्त्रण गर्नु पर्ने स्थानीयको माग रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP