नेपालमा पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना सङ्क्रमित थपिएका छन् । १२ हजार ४९८ वटा नमुना स्वाबको परीक्षण गर्दा ३२६ वटाको नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९८ पुगेको छ ।
त्यस्तै आज २५५ जना सङ्क्रमणमुक्त भएका छन् भने कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP