सङ्खुवासभामा सिवियर निमोनियाको सफल उपचार

दिप खबर
पुस १९, २०७८

जिल्ला अस्पताल सङ्खुवासभामा सिवियर निमोनियाको सफल उपचार हुन थाल्यो । भोजपुर तुङ्गेछाकी सिवियर निमोनिया भएकी अर्पना जोगीलाई जिल्ला अस्पतालको भेन्टिलेटरमा राखेर सफल उपचार गरिएको बाल रोग विशेषज्ञ दीपेन्द्र राईले बताएका छन् । अर्पनाको विद्यालयबाट घर फर्कँदै गर्दा कोखा हान्न थाल्यो । आत्तिएका अभिभावकले स्थानीय स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीको सल्लाह अनुसार खाँदवारि अस्पताल लिएर आए । परीक्षणका क्रममा उनमा सिवियर निमोनियाको लक्षण देखियो । बाल रोग विशेषज्ञ राईका अनुसार उनलाई १८ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरी ३० दिनको अस्पताल बसाई पछि शनिवार घर फर्काइएको हो । त्यस्तै सिवियर निमोनिया ९ गम्भीर बिरामीको १८ दिन भेन्टिलेटरमा राखेर सफल उपचार गरिएको छ ।

विशेषज्ञ राईका अनुसार सिवियर निमोनिया भएपछि बच्चाहरूलाई श्वासप्रश्वासमा समस्या हुन्छ । यस्तै, कोखा हान्ने गर्‍यो भने पनि सिवियर निमोनिया भएको हुन सक्छ । अस्पताल ढिला आएमा सिवियर निमोनियाको कारण हातखुट्टामा कम्पन आउने, मुटुको गति कम हुने, पिसाब कम आउने र अन्त्यमा बिरामीको मृत्यु समेत हुन सक्ने विशेषज्ञ राईले बताए ।

अर्पनाका अभिभावकलाई अर्पनाको खाँदवारि अस्पतालमा उपचार हुँदैन कि भन्ने एक प्रकारको चिन्ता पनि थियो । तर, खाँदवारि अस्पतालले पछिल्लो समय सुरु गरेको सघन उपचार कक्ष र विशेष कक्ष सेवाले यही उपचार सम्भव भएको हो । अर्पनाको अस्पतालले निःशुल्क उपचार समेत गरिदिएको खाँदवारि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यका ले बताएका छन् । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP