भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या फेरि बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा ३३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म भारतमा ओमिक्रोन भेरियन्टका संक्रमितहरुको संख्या १७ सय पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी महाराष्ट्रमा ५१० जना ओमिक्रोन भेरियन्टका संक्रमित छन् ।
भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट १२३ जनाको ज्यान गएको भले हाल भारतमा सक्रिय संक्रमितको संख्या एक लाख ४५ हजार ५८२ रहेको छ । भारतमा हालसम्म संक्रमितको संख्या तीन करोड ४२ लाख ९५ हजार ४०७ र मृत्यु हुनेको संख्या चार लाख ८१ हजार ८९३ पुगेको छ भारतीय मीडीयाले जानकारी दीएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP