अस्ट्रियामा बन्यो इच्छा मरणको कानुन

दिप खबर
पुस १९, २०७८

मध्य युरोपेली मुलुक अस्ट्रियामा इच्छा मृत्यु रोज्न पाउने कानुन लागू भएको छ । असाध्य रोग लागेका वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले यो सातादेखि अरूको सहयोग लिएर आत्महत्या गर्ने प्रावधानको प्रयोग गर्न पाउने भएका हुन् । तर आत्महत्या रोज्ने प्रत्येक निर्णयलाई दुई चिकित्सकले मूल्याङ्कन गरेपछि मात्रै स्वीकृति दिइने त्याँहाको कानुनमा उल्लेख रहेको छ । ती चिकित्सकमध्ये एक जना गम्भीर रोग हुँदा उपलब्ध गराइने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्ने कानुन रहेको छ । 

संवैधानिक अदालतको निर्देशनपछि गत महिना त्यहाँको संसद्ले यस सम्बन्धी कानुन बनाएको थियो । साथै स्पेन, बेल्जियम र नेदरल्यान्डसहित धेरै युरोपेली मुलुकहरूमा कानुनद्वारा आत्महत्याको यो तरिकालाई अपराध मानिँदैन । तर पनि चिकित्सकको अनुमतिबिना अरूको सहयोग लिएर गरिने आत्महत्या अस्ट्रियामा अझै पनि गैर कानुनी मानिएको छ । नयाँ कानुनले बालबालिका र मानसिक समस्या भएका व्यक्तिहरूलाई आत्महत्या रोज्न भने सरकारले रोक लगाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP