सुनसरीको इटहरी उपमहानगरपालिका-२० बाट ७२ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिद भूमि गाउँपालिका-१ का २४ वर्षीय विक्रम राई र ३३ वर्षीय सञ्जीव राई रहेको छन् । आइतबार राति करिब साढे १२ बजे कोसी राजमार्गको तरहरा चोकमा प्रदेश १-०२-०४२ प ६२१९ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा प्रहरी चौकी तरहराको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीलाई देखेपछि मोटरसाइकलमा रहेका दुई जनाले झोला फाली भागेको प्रहरीले बताएको छ ।
उनीहरू सहित मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गाँजासहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । उनीहरूको थप अनुसन्धान भई राखेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP