पाल्पामा जिप दुर्घटना हुँदा पाँच जना घाइते

दिप खबर
पुस १९, २०७८

पाल्पामा सोमबार बिहान जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । हेक्लाङबाट तानसेन जाँदै गरेको लु१ज २६०७ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

घाइते हुनेमा पूर्वखोला गाउँपालिका-६ हेक्लाङका ३० वर्षीय टेकबहादुर पल्ली, २८ वर्षीय पूर्णबहादुर फाल, १९ वर्षीय चिरञ्जीवी सारू, २९ वर्षीय प्रेम सिञ्जाली र ४६ वर्षीय पविसरा सारू रहेका छन् । घाइतेमध्ये पूर्णबहादुर र चिरञ्जीवीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

दुर्घटना स्थल पूर्वखोला गाउँपालिका हेक्लाङभित्रको कच्ची सडक खण्ड हो । घाइते सबैको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिएका छन् ।    

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP