सत्ता गठबन्धनका राजनीतिक दलहरूको बैठक बालुवाटारमा सुरु

दिप खबर
पुस १९, २०७८

राजनीतिक दलहरूको सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान साढे ९ बजेदेखि सत्ता गठबन्धन दलको बैठक सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी रहेका छन् ।

बैठकमा आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनमा सहभागी दलबिच कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदै छन् । राष्ट्रपतिबाट मनोनीत हुने एक सिटबाहेक १९ सिटका लागि आगामी माघ १२ गते ७ वटै प्रदेशमा चुनाव हुँदै छ ।

आगामी माघ १२ गते राष्ट्रिय सभाको १९ सदस्य पदका लागि मतदान निर्वाचन हुँदै छ । आगामी मङ्गलवार उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने भएकाले गठबन्धनको बैठक बस्न लागेको हो । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP