रुकुम पश्चिममा मादक पदार्थ सेवन गरी एक व्यक्तीले आफ्नी श्रीमतीको हत्या गरेका छन् । रुकुम पश्चिम बाफिकोट गाउँपालिका– ९ स्थित झुला पिपल टोलका दलजीत खनाल (दीपक) ले श्रीमती कमला खड्का को घाटी थिचेर हत्या गरेका हुन् । गत शुक्रवार राती रक्सी सेवन गरेर आएका खनालले श्रीमतीको घाटी थिचेर हत्या गरेको रुकुम पश्चिमका प्रहरी प्रमुख ध्रुवकुमार श्रेष्ठले बताएका छन् ।
कमलाका श्रीमान् दैनिक जस्तै त्यस दिन राति पनि रक्सी सेवन गरेर आएका र श्रीमतीसङ निहुँ खोजेर आफैले घाटी थिचेर हत्या गरेको प्रहरीले बताएका छन् । आत्महत्या गरेको पुष्टि गराउन मृतकको सल प्रयोग गरेर झुन्ड्याएको अवस्थामा शव भेटाएको र हामीलाई शङ्का लागेर अनुसन्धान गर्दा खनालले हत्या गरेको स्वीकार गरेका प्रहरीले बताएका छन् ।
मृतको पोस्टमार्टम गरी सके पछि थप अनुसन्धान खुल्न प्रहरीले बताएका छन् । यसैबिच आफ्नी बहिनी कमलाको हत्या नै भएको भन्दै कमलाको दाजु पलबहादुर खड्काले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइसकेका छन् । मृतक कमलाको ६ महिनाको छोरो पनि छन् । हत्यारा लाई कारबाही गर्नु पर्ने मृतकको माइती पक्ष र छिमेकीको माग रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP